हेटौंडामा १२ औँ सडक खाना महोत्सव सम्पन्न
हेटौंडा । हेटौंडामा १२औँ सडक खाना महोत्सव सम्पन्न भएको छ। हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा सञ्चालन गरिएको महोत्सवको अन्तिम दिन नयाँ वर्षको स्वागत गर्दै समापन गरिएको हो । अन्तिम दिन आयोजकले अपेक्षा गरेभन्दा निकै बढी दर्शक आएको आयोजकले जनाएको छ ।
महोत्सवमा विभिन्न परिकारका साथै सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । सडक खानाको प्रवर्द्धन, स्थानीय उत्पादनको पहिचान र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
आयोजकले महोत्सव सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दर्शक, व्यवसायी, कलाकार, सुरक्षाकर्मी तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गर्दै आगामी वर्ष अझ व्यवस्थित र भव्य रूपमा महोत्सव आयोजना गर्ने बताएका छन्।
Facebook Comments