पार्टी फुट्न दिन्नँ, मिलेर जाऔँ : सभापति देउवा

User Image मेयरसाप डेस्क | २०८२ पुष १८ गते १३:१८
Image of https://mayorsap.com/storage/photos/shares/sher-bahadur-deuba.jpg

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको विवाद चर्किएपछि सभापति शेरबहादुर देउवाले पार्टी विभाजन हुन नदिने प्रतिवद्धता जनाएका छन् ।

शुक्रबार आफ्नै निवास महाराजगन्जमा २५ जना केन्द्रीय सदस्यहरूसँगको भेटमा देउवाले मिलेर अगाडि बढ्ने वातावरण बनाउन आग्रह गरेका हुन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन स्थगित गरी विशेष महाधिवेशनको तयारी गरेपछि कांग्रेसमा आन्तरिक कलह बढेको हो ।

भेटमा सहभागी नेताहरूले विशेष महाधिवेशनले पार्टी फुट्ने खतरा रहेको भन्दै क्रियाशील सदस्यता टुङ्ग्याएर वडा तहबाटै नियमित अधिवेशन सुरु गर्न सभापतिलाई सुझाव दिएका छन् ।

पार्टीभित्रको यो विवाद समाधानका लागि शुक्रबार दिउँसो ३ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ ।

यसअघि महामन्त्रीद्वयले पुस २७ गतेका लागि विशेष महाधिवेशन घोषणाको तयारी गरेपछि संस्थापन पक्ष सशंकित बनेको थियो ।


Facebook Comments