मकवानपुर सुमो दुर्घटना अपडेटः यी हुन् ज्यान गुमाउने ६ जना

User Image दिक्षान्स खड्का | २०८२ पुष २१ गते ०८:१८
Image of https://mayorsap.com/storage/photos/shares/accident_3.jfif

मकवानपुर  । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा भएको सुमो दुर्घटनामा ज्यान गुमाउने तथा घाइते हुनेहरूको पहिचान खुलेको छ । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज १७७८ नम्बरको सुमो आइतबार साँझ भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्ड अन्तर्गत जुरिखेतमा सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो ।

दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।  मकवानपुर प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीका अनुसार मृतकहरूमा भारत बिहार राज्य पटना बस्ने अन्दाजी ४२ वर्षीय रजनिस कुमार, मकवानपुर हेटौंडा उपमहानगरपालिका–४ कमलडाँडा बस्ने अन्दाजी ४० वर्षीया सबिता लम्साल, हेटौंडा उपमहानगरपालिका–२ कान्तिराजपथ बस्ने अन्दाजी २९ वर्षीय निखिल अग्रवाल र भारत बिहार राज्य बेगुसराई बस्ने अन्दाजी ५० वर्षीय अरबिन्द कुमार रहेका छन् । 

अन्य दुई जनाको भने हालसम्म पहिचान हुन नसकेको डिएसपी बोगटीले बताए । यसैगरी घाइते हुनेमा सुमो चालक हेटौंडा उपमहानगरपालिका–४ कर्रा चोक बस्ने अन्दाजी ४०–४५ वर्षीय गणेश थापा, मृतक सबिता लम्साली १२ वर्षीय छोरा अभ्यास लम्साल र रौतहट चन्द्रपुर नगरपालिका–२ बस्ने २१ वर्षीया रिचा चौधरी रहेका छन् ।

घाइते मध्ये थापा र लम्सालको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर रेफर गरिएको छ भने चौधरीको अवस्था मध्यम रहेकाले उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


Facebook Comments