कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

User Image मेयरसाप डेस्क | २०८२ पुष २१ गते ०८:५६
Image of https://mayorsap.com/storage/photos/shares/congress-meeting-3.jpg

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलले बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सबै पदाधिकारी र सदस्यहरूको उपस्थिति अनिवार्य रहेको बताएका छन् । बैठकमा पार्टीका विभिन्न महत्वपूर्ण विषयवस्तुहरू छलफल हुने उनको भनाइ छ । बैठकमा आगामी निर्वाचन तयारी, पार्टीको आन्तरिक संगठन सुदृढीकरण, नीति–नियमावली, तथा अन्य राजनीतिक कार्यक्रमहरू समेटिने उनले बताए । 

हालैको राजनीतिक घटनाक्रम र गठबन्धनको स्थिति बारे पनि समिति बैठकमा विचार गरिने पौडेलको भनाइ छ । कांग्रेसमा महाधिवेशनको विषयलाई लिएर विवाद बढ्दै गएको छ । महामन्त्री गगन थापाले विशेष महाधिवेशनको मिति नै घोषणा गरेका छन । विशेष महाधिवेशन पक्षधरले पार्टीको विधानमा भएको व्यवस्था अनुसार विशेष महाधिवेशन हुनुपर्ने माग राखेका छन । तर, संस्थापन पक्ष यसको विपक्षमा देखिएको छ । 

शुक्रबार बसेको कार्यसम्पादन समितिको बैठकबाट वैशाख २८ देखि ३१ गतेसम्म पार्टीको १५ महाधिवेशन गर्ने निर्णय भएको थियो । यसपछि कांग्रेसमा थप विवाद बढेर गएको हो । महाधिवेशन विवादबारे सभापति शेरबहादुर देउवाले आइतबार आफू पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीसँग पनि छलफल गरेका थिए ।  

 


Facebook Comments