काठमाडौं महानगरपालिकाद्वारा नेपाली नेत्रहीन महिला क्रिकेट टोली सम्मानित
खेलाडीलाई जनही १ लाख रुपैयाँ र व्यवस्थापकलाई जनही ५० हजार रुपैयाँ प्रदान
मेयरसाप डेस्क
|
२०८२ पुष २१ गते १२:०५
काठमाडौं। फस्ट विमेन्स टीट्वान्टी वर्ल्डकप क्रिकेट फर द ब्लाइन्ड २०२५ मा उपविजेता बनेको नेपाली टोलीलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । वर्ल्डकपका उपविजेता टीमलाई महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सम्मान गरेका हुन् ।
खेलाडीहरुले जनही १ लाख रुपैयाँ र व्यवस्थापकले जनही ५० हजार रुपैयाँ प्राप्त गर्ने गरी प्रमुख शाहले, नेत्रहीन क्रिकेट संघ नेपाललाई एकमुष्ट १८ लाख ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।
क्रिकेट एशोसिएसन फर द व्लाइन्ड इन इन्डियाले आयोजना गरेको वर्ल्डकपमा नेत्रहीन महिला क्रिकेट टोलीले भाग लिएको थियो । वर्ल्डकप गएको कार्तिक २४ गतेदेखि मंसिर ७ गतेसम्म भारत र श्रीलंकामा आयोजना भएको थियो ।
खेलाडीहरुको सम्मान तथा प्रोत्साहनका लागि आयोजना गरिएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, प्रवक्ता नविन मानन्धर, सामाजिक विकास समितिका संयोजक रामकुमार के.सी., समितिका सदस्यहरु, कार्यपालिका सदस्यसहित क्रिकेट टोली, प्रशिक्षक र व्यवस्थापक सहभागी थिए ।
Facebook Comments