जोगबुढा अस्पताल ५० शय्याको ‘प्रादेशिक अस्पताल’मा स्तरोन्नति
प्रदेश सरकार र नगरपालिकाबीच सम्झौता
मेयरसाप डेस्क
|
२०८२ पुष २२ गते १०:१६
धनगढी । डडेल्धुराको भित्री मधेसस्थित जोगबुढा अस्पताल अब ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालन हुने भएको छ । यसको स्तरोन्नति र व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र परशुराम नगरपालिकाबिच औपचारिक सम्झौता सम्पन्न भएको छ ।
सम्झौता अनुसार नगरपालिकाले अस्पतालको सम्पूर्ण चल–अचल सम्पत्ति, भवन र उपकरणहरू प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । अब यसको नाम ‘जोगबुढा प्रादेशिक अस्पताल’ रहनेछ, भने अस्पतालका लागि १४६ जना कर्मचारीको दरबन्दी समेत स्वीकृत भइसकेको छ ।
संघीय सरकारले गत वैशाखमै १५ बाट ५० शय्यामा स्तरोन्नति गर्न स्वीकृति दिएको यो अस्पताल अब प्रदेश सरकार मातहत रहनेछ । यससँगै डडेल्धुराको भित्रीमधेस क्षेत्रका नागरिकले स्थानीयस्तरमै विशेषज्ञ स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।
Facebook Comments