अमृत पब्लिकले जित्यो रम्भा राष्ट्रपति रनिङ सिल्डकाे उपाधि
लगातार सातौँ वर्ष पनि प्रथम
मेयरसाप डेस्क
|
२०८२ पुष २२ गते १२:३५
पाल्पा । रम्भा गाउँपालिकास्तरीय सातौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा अमृत पब्लिक मावि पीपलडाँडाले पुनः ऐतिहासिक जित दर्ता गरेको छ ।
प्रतियोगिताको सातै संस्करणमा पहिलो हुँदै आएको अमृत पब्लिकले यस वर्ष १२ स्वर्ण, २ रजत र ७ कास्यसहित कूल २१ पदक जित्दै सिल्डमाथि कब्जा जमाएको हो ।
प्रतियोगितामा पीपलडाँडाकै कृष्ण मावि ८ स्वर्णसहित दोस्रो र जनकल्याण मावि ५ स्वर्णसहित तेस्रो भएका छन् ।
रम्भा गाउँपालिकाको आयोजनामा भएको प्रतियोगितामा गाउँपालिकाभित्रका ८ मावि र एक गुरुकुलका ५ सय ९२ विद्यार्थीले भलिबल, कबड्डी र एथलेटिक्स विधामा प्रतिस्पर्धा गरेका थिए ।
विजयी खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीसहितका पदाधिकारीले सिल्ड, मेडल र पुरस्कार वितरण गरेका थिए ।
Facebook Comments