कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दै

No Author Assigned | २०८२ पुष २४ गते ०८:३५
Image of https://mayorsap.com/storage/photos/shares/congress_3.jpg

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ।  बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कार्य सम्पादन समितिको बैठकमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राख्ने क्रम जारी छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पक्षले विशेष महाधिवेशनको तयारी अघि बढाएका छन् । उनीहरुले पुस २७ र २८ गते अधिवेशन सञ्चालन गर्न भृकुटीमण्डपको हल पनि बुक गरिसकेका छन् । योसँगै कांग्रेसमा विवाद चुलिएको छ।  
 


Facebook Comments