एमालेले चयन गर्‍यो राष्ट्रिय सभाका ६ उम्मेदवार

User Image मेयरसाप डेस्क | २०८२ पुष २३ गते ०९:५५
Image of https://mayorsap.com/storage/photos/shares/ramkumari_2.jpg

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ। १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ६ जनाको नाम टुंगो लगाएको हो । जसमा रामकुमारी झाँक्रीदेखि रोशनी मेचेसम्म समेटिएका छन्। 
 झाँक्री लुम्बिनीबाट उम्मेदवार बन्ने छिन् भने रोशनी मेचे कोशीबाट उम्मेदवार बन्ने छिन् । 

यस्तै, बागमतीमा ड. प्रेमकुमार दङ्गाल, गण्डकीमा सम्झना देवकोटा, कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीलाकुमारी भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । मधेशमा भने उम्मेदवार टुंगो लगाएको छैन । आगामी फागुन ११ गते हुने निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ ।   


Facebook Comments