स्काभेटर र टिपरको बीचमा च्यापिएर मजदुरको मृ*त्यु
मेयरसाप डेस्क
|
२०८२ पुष २३ गते १३:४४
तनहुँ । जिल्लाको ऋषिङ गाउँपालिका–१ ड्यामसाइडस्थित कालिका कन्ट्रक्सनमा काम गर्ने एक जना मजदुरको स्काभेटर र टिपरको बीचमा च्यापिएर मृत्यु भएको छ । प्रहरीका अनुसार व्यास नगरपालिका–५ का २५ वर्षीय महेन्द्र थापाको काम गरिरहेको अवस्थामा स्काभेटर र टिपरको बीचमा पर्दा च्यापिएर मृत्यु भएको हो ।
कालिका कन्ट्क्सन कम्पनीको इएक्स ०६६ नम्बरको स्काभेटर र सोही कम्पनीको बा प्र ०६–००१ क ०२५१ नम्बरको टिपरले काम गरिरहेको अवस्थामा अचानक च्याप्दा गम्भीर घाइते भएका थापालाई उपचारका लागि मङ्गलबार दिउँसो दमौलीस्थित रत्नहरी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले बताए । उनका अनुसार उपचारका क्रममा उनको गएराति मृत्यु भएको हो
टिपर चालक चितवनको राप्ती नगरपालिका–२ का ३३ वर्षीय जीवनकुमार गोले र स्काभेटर चालक बर्दियाको बारबर्दिया नगरपालिका–८ का २२ वर्षीय विशाल थारुलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक विकले बताए । उनका अनुसार मृतकको शव प्रदेश अस्पताल दमौलीमा राखिएको छ ।
Facebook Comments