जिल्ला न्यायाधीशका लागि २० जना सिफारिस, को–को परे सूचीमा?
अधिवक्ता यादव पहिलो नम्बरमा
मेयरसाप डेस्क
|
२०८२ पुष २३ गते १४:११
काठमाडौं । न्याय परिषद्ले जिल्ला अदालतहरूका लागि २० जना न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । बुधबार बसेको परिषद्को बैठकले न्याय सेवा आयोगद्वारा सञ्चालित जिल्ला न्यायाधीश पदको लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
यस पटकको सिफारिस सूचीमा अधिवक्ता शिशिरकुमार यादव पहिलो नम्बरमा परेका छन् । सिफारिस हुने अन्यमा न्याय सेवाका विभिन्न उच्च पदमा कार्यरत कर्मचारीहरू रहेका छन् । जसमा उपरजिस्ट्रारहरू शिवप्रसाद आचार्य, ठाकुरप्रसाद बस्ताकोटी, बासुदेव पाण्डे, कर्णबहादुर राई र हिरामाया अवाल छन् ।
त्यस्तै, श्रेस्तेदारहरू ताराप्रसाद डाँगी, विकास बस्नेत, इन्दिरा कार्की र ललित सापकोटा पनि जिल्ला न्यायाधीशका लागि सिफारिस भएका छन् । न्याय सेवाकै उपसचिवहरू हिरालाल भुसाल, डिल्लीप्रसाद आचार्य, सुमन पाण्डे र खेमकुमारी बस्नेत सूचीमा समेटिएका छन् ।
महान्यायाधिवक्ता कार्यालय अन्तर्गतका उपन्यायाधिवक्ताहरू गोपालबहादुर भट्टराई, बाबुराम भट्टराई र टेकराज भुसाल पनि न्यायाधीश नियुक्तिका लागि सिफारिस भएका छन् । यस्तै, इजलास अधिकृत गोकुल पन्त तथा रजिस्ट्रारहरू विरेन्द्रप्रकाश खड्का र महेन्द्रप्रसाद पौड्याल पनि नयाँ जिल्ला न्यायाधीशको सूचीमा अटाएका छन् ।
हेर्नुहोस् सूची:–



Facebook Comments