मन्त्री खरेलको स्पष्टीकरण– कुनै पनि पार्टीमा प्रवेश गरेको छैन

User Image मेयरसाप डेस्क | २०८२ पुष २३ गते १७:५०
Image of https://mayorsap.com/storage/photos/shares/jagdish-kharel-1d44c170.jpg

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा उम्मेदवारी दिने विषयमा आफूले हालसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्न लागेको चर्चा चलिरहेका बेला बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू हालसम्म कुनै पनि राजनीतिक दलमा प्रवेश नगरेको र कसैसँग छलफल समेत नगरेको बताएका हुन् ।

मन्त्री खरेलले आफ्नो र प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान अन्तरिम सरकारको सम्पूर्ण ध्यान निष्पक्ष चुनाव गराउनमा केन्द्रित रहेको उल्लेख गरे ।

केही सञ्चार माध्यमले आफ्नो उम्मेदवारीबारे भ्रामक समाचार सम्प्रेषण गरेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले आफूले अहिलेसम्म चुनाव लड्ने वा नलड्ने भन्नेबारे केही नसोचेको दाबी गरे ।


Facebook Comments