निर्वाचन प्रहरीका लागि भर्ना खुल्यो, यस्तो छ तालिका
मेयरसाप डेस्क
|
२०८२ पुष २४ गते ०७:४७
काठमाडौं । सरकारले आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी ठुलो सङ्ख्यामा निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना खुला गरेको छ ।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग, भर्ना छनोट शाखाले एक सूचना जारी गर्दै निर्वाचन सुरक्षाका लागि कुल १ लाख ३३ हजार ९८० जना जनशक्ति माग गरेको हो ।
निर्वाचनको संवेदनशीलता र समयसीमालाई मध्यनजर गर्दै सार्वजनिक बिदाको दिनमा समेत दरखास्त सङ्कलन गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
देशभर एकै चरणमा हुन लागेको निर्वाचनको सुरक्षा व्यवस्था मजबुत बनाउन सरकारले यति ठुलो सङ्ख्यामा अस्थायी सुरक्षाकर्मी भर्ना गर्न लागेको हो ।
इच्छुक उम्मेदवारहरूले यही पुस २५ गते शुक्रबारदेखि फागुन १ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस् तालिका:-


Facebook Comments