शुक्लागण्डकी नगरपालिकाको फोहोरमैला प्रशोधन केन्द्रमा दुई जनाको श*व फेला
शरीरमा चोट भएकाले ह*त्याको आशङ्का
मेयरसाप डेस्क
|
२०८२ पुष २६ गते १५:५०
तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका-५ कसेरीस्थित शुक्लागण्डकी नगरपालिकाको फोहोरमैला प्रशोधन केन्द्रमा दुई जना पुरुषको शव फेला परेको छ । शुक्लागण्डकीकै जनकल्याण मावि नजिककाे जङ्गलमा अर्को एक जना महिलाको शव पनि फेला परेको प्रहरीले जनाएको छ ।
फोहोरमैला प्रशोधन केन्द्रमा भेटिएको एउटा शव शुक्लागण्डकी नगरपालिका–११ राइपुरका नारायण विकको रहेको प्रहरीले जनाएको छ । तर अन्य दुई जनाको भने पहिचान हुन सकेको छैन ।
सबैको शरीरमा चोट भएकाले हत्याको आशङ्का गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
Facebook Comments