रास्वपा सचिवालयको आकस्मिक बैठक जारी
मेयरसाप डेस्क
|
२०८२ पुष २६ गते १५:५५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सचिवालयको आकस्मिक बैठक सुरु भएको छ । पार्टी सभापति रबि लामिछानेको निर्देशानुसार पार्टी सचिवालयको आकस्मिक बैठक भर्चुअल माध्यमबाट सुरु भएको प्रवक्ता मनिष झाले जानकरी दिए ।
उनका अनुसार ‘जुम’ माध्यमबाट आयोजना गरिएको बैठकमा पार्टी एकता तथा समायोजनसम्बन्धी विषयमा छलफल हुँदैछ । रास्वपाले केही बेरअघि मात्रै उज्यालोसित एकता भंग भएको एकतर्फी घोषणा गरेको थियो।
पार्टीका नेता तथा पूर्वसांसद् गणेश पराजुलीले रास्वपा र उज्यालो नेपाल पार्टीबीच यसअघि सहकार्यका लागि भएका सहमति स्थगित भएको विषयमा आजको बैठकमा छलफल हुने बताए । “अधिकतम लचकताका बाबजुद पनि उज्यालो नेपालसँगको सहकार्य हाललाई स्थगित गरिएको छ, सोही विषयमा सचिवालय बैठकमा छलफल हुनेछ”, उनले भने ।
Facebook Comments