उज्यालो नेपालको आकस्मिक बैठक बस्दै, कुलमानलाई अध्यक्ष घोषणा गर्ने तयारी
मेयरसाप डेस्क
|
२०८२ पुष २६ गते १६:०२
काठमाडौं । उज्यालो नेपाल पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठक बोलाइएको छ । रास्वपासँग एकता भाँडिएपछि शनिबार ४ बजे बस्नेगरी बैठक बाेलाइएकाे हाे।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता प्रक्रिया भाँडिएसँगै केन्द्रीय समितिको बैठक बोलाइएको हो । कुलमान घिसिङ उपसभापति पद हुने गरी दुई पक्षमा सहमति बनेको थियो । पदाधिकारी, केन्द्रीय सदस्य पदमा दुई पक्षमा कुरा मिल्न सकेको थिएन । समानुपातिक उम्मेदवार पूर्व सहमति अनुसार लागु नभएको उज्यालो नेपालले जनाएको छ ।
केन्द्रीय कमिटीको आकस्मिक बैठकले कुलमानलाई अध्यक्ष घोषणा गर्ने तयारी भइरहेको उनेपा स्रोतले जनाएको छ । उक्त निर्णयसहित कुलमानले साढे पाँच बजे पार्टी कार्यालय त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गर्ने तयारी समेत गरेका छन् ।
Facebook Comments