नेकपाका संयोजक प्रचण्ड पूर्वी रुकुमबाट चुनाव लड्ने घोषणा

User Image मेयरसाप डेस्क | २०८२ पुष २६ गते १७:२९
Image of https://mayorsap.com/storage/photos/shares/prachand.jpg

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पूर्वी रुकुमबाट चुनाव लड्ने भएका छन्। रुकुम पश्चिममा अहिले चलिरहेको नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले आउँदो प्रतिनिधिसभाको चुनाव रुकुम पूर्वबाट लड्ने घोषणा गरेका हुन् ।

उनले भने, ‘अहिलेको चुनाव रुकुमबाटै लड्छु । म पूर्वी रुकुमबाट लड्ने छु । पूर्वी रुकुमबाट चुनाव लड्ने भनेपछि पश्चिम रुकुम पनि आइरहन्छु भन्ने यो बुझिराख्छुहोला ।’

उनले शिक्षा, स्वास्थ्य, सडकलगायत आवश्यक पूर्वाधार निर्माणमा आफू लाग्ने बताए। उनले पश्चिम रुकुमका जनताको चाहना पूरा गर्न आफू प्रतिबद्ध रहेको भन्दै विकास निर्माणलाई नयाँ शिराबाट अघि बढाउने र रुकुमका जनताका दुःख सुखामा एकाकार हुनका निम्ति आउने प्रतिबद्धता जनाए ।

रुकुम पूर्व नेकपा (तत्कालीन माओवादी)को गढ मानिन्छ। गएको निर्वाचनमा माओवादीबाट पूर्णबहादुर घर्ती भारी मतले विजयी भएका थिए।

 


Facebook Comments