कांग्रेसको विशेष महाधिवेशन आजदेखि सुरू

User Image मेयरसाप डेस्क | २०८२ पुष २७ गते ०८:१८
Image of https://mayorsap.com/storage/photos/shares/congress_4.jpg

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि सुरू भएकाे छ । विशेष महाधिवेशन काठमाडौँस्थित भृकुटीमण्डपमा भइरहेकाे छ। भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण भएको छ ।

महाधिवेशनस्थलमा ६ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन भएको छ । मञ्च व्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीका अनुसार, मञ्च वरिपरि कांग्रेसको झण्डा, गेट, ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ । आज काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आउने र्‍यालीलाई व्यवस्थित तरिकाले कार्यक्रममा सहभागी गराइएकाे छ ।  

मुलुकभरबाट विशेष महाधिवेशनमा भाग लिन आउने महाधिवेशन प्रतिनिधिमध्ये अधिकांश प्रतिनिधि आइसकेको र केही प्रतिनिधि आउने क्रम जारी रहेको आयोजक समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधिको नाम दर्ता बिहान ८ बजेदेखि शुरु हुने बताइएको छ ।  


Facebook Comments