चितवनमा ६८ वर्षीया महिला मृ*त फेला

User Image मेयरसाप डेस्क | २०८२ पुष २७ गते ११:०२
Image of https://mayorsap.com/storage/photos/shares/death_1.jpg

चितवन । रत्ननगर नगरपालिका–४ मा शनिबार बिहान एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । ६८ वर्षीया सुकमायादेवी तामाङ आफ्नै कोठामा शंकास्पद रूपमा मृत भेटिएकी हुन् ।

बिहान अबेरसम्म घरबाहिर ननिस्किएपछि छिमेकीहरूले १० बजेतिर खोजी गर्दा उनी मृत फेला परेकी थिइन् । घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रबिन्द्र खनालका अनुसार, मृतकको मुखमा कपडा कोचिएको र हातखुट्टा समेत बाँधिएको अवस्थामा शव फेला परेको छ ।

घटना हुँदा घरमा ती महिला एक्लै रहेको खुलेको छ । प्रहरीले विभिन्न कोणबाट घटनाको अनुसन्धान र विश्लेषण भइरहेको जनाएको छ ।


Facebook Comments