सुन–चाँदीको मूल्यमा उच्च वृद्धि

User Image मेयरसाप डेस्क | २०८२ पुष २७ गते ११:३२
Image of https://mayorsap.com/storage/photos/shares/gold_3.jpg

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले बढेको हो ।

मूल्य वृद्धिसँगै आज छापावाल सुन प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँ कायम थियो ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि ठुलो वृद्धि देखिएको छ । शुक्रबार प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज २ सय १० रुपैयाँले बढेर ४ हजार ९ सय ९० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य बढेको व्यवसायीहरूले बताएका छन् ।


Facebook Comments