गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

User Image मेयरसाप डेस्क | २०८२ पुष २७ गते ११:५४
Image of https://mayorsap.com/storage/photos/shares/prasant-tamang.jpg

काठमाडौं । ‘इन्डियन आइडल’ सिजन–३ का विजेता तथा चर्चित नेपाली गायक एवं अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।

दिल्लीस्थित आफ्नै निवासमा आज उनको निधन भएको चलचित्रकर्मी राजेश घतानीले जानकारी दिएका छन् ।

दार्जीलिङका स्थायी बासिन्दा तामाङले भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ जितेपछि नेपाल र भारत दुवैतर्फ अपार लोकप्रियता कमाएका थिए ।

उनले थुप्रै हिट नेपाली गीतहरूमा स्वर दिनुका साथै नेपाली चलचित्रहरूमा समेत अभिनय गरेका थिए ।

पछिल्लो समय उनले बलिउड अभिनेता सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा समेत डेब्यु गरेका थिए ।


Facebook Comments