रास्वपाले सच्यायो समानुपातिकको बन्दसूची

उज्यालो नेपालसँगको एकता भंग

User Image मेयरसाप डेस्क | २०८२ पुष २७ गते १२:४५
Image of https://mayorsap.com/storage/photos/shares/rsp-party_1.jpg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूची अध्यावधिक गरेको छ ।

उज्यालो नेपाल पार्टीसँगको एकता शनिबार साँझ औपचारिक रूपमा भंग भएपछि रास्वपाले आज आइतबार आयोग पुगेर आफ्नो सूची सच्याएको हो ।

यसअघि दुई दलबीच एकता गर्ने सहमति भएपछि समानुपातिकतर्फ साझा उम्मेदवारहरूको सूची बुझाइएको थियो । तर, एकता प्रक्रिया टुङ्गिएसँगै रास्वपाले आफ्नो एकल सूची कायम गरेको छ ।

एकता भंग लगत्तै कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन् । पार्टीहरूबीचको यो पछिल्लो समीकरण फेरबदलका कारण आगामी फागुन २१ गते हुने निर्वाचनमा उज्यालो नेपाल पार्टीको समानुपातिकतर्फ कुनै पनि उम्मेदवार नहुने भएका छन् ।

रास्वपाले भने निर्वाचनको तयारीलाई तीव्रता दिँदै आफ्ना उम्मेदवारहरूको अन्तिम नामावली अद्यावधिक गरेको छ ।


Facebook Comments