शक्ति प्रदर्शनसहित कांग्रेसको विशेष महाधिवेशन सुरु
राजधानीका ६ स्थानबाट र्याली
मेयरसाप डेस्क
|
२०८२ पुष २७ गते १२:२३
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन र तयारी पूरा भएको छ ।
महाधिवेशनको औपचारिक उद्घाटनअघि कांग्रेसले शक्ति प्रदर्शनका रूपमा राजधानीका विभिन्न स्थानबाट भव्य जुलुस निकाल्न सुरु गरेको छ ।
ललितपुरको कुपण्डोलबाट पूर्वमन्त्री ओमकारप्रसाद श्रेष्ठ, बागमती प्रदेश उपसभापति चन्द्र महर्जन र जिल्ला सभापति जितेन्द्र कुमार श्रेष्ठ लगायतको नेतृत्वमा बाजागाजा र सांस्कृतिक झाँकीसहितको र्याली सुरु भएको छ ।
यस्तै, शंकरदेव क्याम्पस, सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस र कमलपोखरीबाट पनि महाधिवेशन सफलताको नारासहितका जुलुसहरू भृकुटीमण्डप प्रस्थान गर्ने तयारीमा छन् ।
प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा दिउँसो १ बजे महाधिवेशनको औपचारिक उद्घाटन हुनेछ भने त्यसलगत्तै आजैदेखि बन्दसत्र प्रारम्भ गरिने सचिवालयले जनाएको छ ।
सोमबारसम्म चल्ने यस विशेष महाधिवेशनले पार्टीको आगामी नीतिगत दिशा तय गर्ने विश्वास लिइएको छ ।
Facebook Comments