कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

User Image मेयरसाप डेस्क | २०८२ पुष २८ गते १९:३५
Image of https://mayorsap.com/storage/photos/shares/congress_2.jpg

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आह्वान भएको छ ।

भोलि बिहान ११ बजे बस्नेगरी बैठक आह्वान गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार, बैठक केन्द्रीय कार्यालय सानेपामा बस्नेछ ।

पार्टीको एक पक्षले विशेष महाधिवेशन गरेपछि विवाद बढ्दै गएको छ । संस्थापन पक्षीय नेताहरूले विशेष महाधिवेशन अवैधानिक भनिरहेका छन् भने विशेष पक्षधरहरूले भने नेतृत्व र नीति चुन्नेगरी अघि बढ्ने बताएका छन् ।

आज सकिने भनिएकाे नेपाली कांग्रेसकाे विषेश महाधिवेशन भाेलि मंगलबारसम्म लम्बिएकाे छ । 


Facebook Comments