समानुपातिक सूचीबाट १६४ उम्मेदवारको नाम फिर्ता

User Image मेयरसाप डेस्क | २०८२ पुष २९ गते १४:१७
Image of https://mayorsap.com/storage/photos/shares/nirbachan-aayog.jpg

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ विभिन्न दलका १६४ उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ७८ जनाले नाम फिर्ता लिएका छन् । जसपा र लोसपाबीच एकता भएपछि उम्मेदवारहरूलाई एकीकृत सूचीमा व्यवस्थापन गर्न नाम फिर्ता लिइएको बुझिएको छ ।

त्यसैगरी, जसपाका २१, जनमत पार्टीका २०, राप्रपाका १२, नेकपा एमालेका ५, माओवादीका ४ र रास्वपाका २ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् । फिर्ता भएकाहरूको ठाउँमा नयाँ नाम पठाउन आयोगले सम्बन्धित दलहरूलाई निर्देशन दिइसकेको छ ।

आयोगले माघ ४ गते बन्दसूचीको नामावली प्रकाशन गर्नेछ, भने माघ २० गते उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गर्ने कार्यतालिका छ । ११० सिटका लागि हुने समानुपातिक निर्वाचनको प्रक्रिया अघि बढिरहँदा प्रत्यक्षतर्फको १६५ सिटका लागि भने आगामी माघ ६ गते मनोनयन दर्ता हुनेछ ।


Facebook Comments