१५१ वर्ष पुरानो ‘ढोका छेँ’ फल्चाको पुनःनिर्माण सुरु

बालबालिकाको स्वर खुल्ने जनविश्वास

User Image मेयरसाप डेस्क | २०८२ पुष २९ गते १६:२९
Image of https://mayorsap.com/storage/photos/shares/hshd.jpeg

काठमाडौं । काठमाडौंको प्राचीन सांस्कृतिक बस्ती पशुपति क्षेत्र (ग्वलः दे) मा १५१ वर्ष पुरानो ऐतिहासिक ‘ढोका छेँ’ फल्चाको पुनःनिर्माण कार्य प्रारम्भ भएको छ । 

काठमाडौं महानगरपालिका–८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले मंगलबार जगपूजा गरी निर्माण कार्यको शुभारम्भ गरेका हुन् ।

नेपाल संवत् ९९५ मा निर्माण भएको यो फल्चा पुनःनिर्माणका लागि वडा कार्यालयले करिब १३ लाख ७० हजार रुपैयाँ विनियोजन गरेको छ । यो फल्चाको ऐतिहासिक सम्बन्ध पशुपति क्षेत्रको प्रसिद्ध बच्छलेश्वरी जात्रासँग जोडिएको छ ।

जात्राका क्रममा गणेश र कुमारीलाई यसै फल्चामा राखेर पूजा गर्ने र त्यहाँ चढाइएको प्रसाद खुवाउँदा बोल्न नसक्ने वा ढिलो बोल्ने बालबालिकाको स्वर खुल्ने धार्मिक जनविश्वास छ ।

वडाध्यक्ष संगतका अनुसार, फल्चाको मौलिकता र प्राचीन कलात्मकतालाई जस्ताको तस्तै कायम राखेर पुनःनिर्माण गरिनेछ । यो आयोजनाले हराउँदै गएको धार्मिक विरासतलाई जोगाउन र स्थानीय सांस्कृतिक कडीलाई जीवन्त राख्न ठूलो भूमिका खेल्ने विश्वास गरिएको छ ।


Facebook Comments