परम्परागत शैलीले मुलुकको संकट टर्दैन : प्रचण्ड

User Image मेयरसाप डेस्क | २०८२ पुष २९ गते १७:००
Image of https://mayorsap.com/storage/photos/shares/photo_55.jpg

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश असाधारण परिस्थितिबाट गुज्रिरहेको भन्दै पुरानो राजनीतिक संस्कारले मात्रै वर्तमान चुनौतीको सामना गर्न नसकिने बताएका छन् । 

मंगलबार पेरिसडाँडामा आयोजित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले नयाँ विचार, कार्यक्रम र पहलकदमीको आवश्यकता औँल्याएका हुन् ।

प्रचण्डले विगतका कमजोरीहरूबारे सबै राजनीतिक दलहरूले निर्मम आत्मसमीक्षा गर्नुपर्ने बताए । ‘हामीले आफ्नो भागमा परेका कमजोरीको समीक्षा गरिसक्यौँ र आफूलाई रूपान्तरण गर्ने संकल्प लिएका छौँ,’ उनले भने ।

राष्ट्रिय एकता र स्वाधीनतालाई मजबुत बनाउनकै लागि नयाँ संकल्पसहित पार्टी एकता प्रक्रिया अगाडि बढाइएको उनको दाबी छ । चल्ते–चलाते ढङ्गले अब देश चल्न नसक्ने भन्दै उनले पार्टीका नेताहरूलाई रूपान्तरित हुन निर्देशन समेत दिए ।


Facebook Comments