५० लाख म्यासेज पठाएर आन्दोलनको आह्वान गर्ने सेढाईं पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ पुष ३० गते १३:४९
Image of https://mayorsap.com/storage/photos/shares/sedhai.png

काठमाडौं । ५० लाख मानिसलाई एकैपटक मोबाइल म्यासेज पठाएर राजसंस्था स्थापनाको पक्षमा आन्दोलन गर्न आह्वान गर्ने निर्देश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले ३४ वर्षीय सेढाईंलाई मंगलबार राति हात्तीसारबाट नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

चितवन घर भई गाडी व्यवसायमा आबद्ध सेढाईंले नेपाल टेलिकमको गेटवे र ‘एटी अलर्ट’ प्रयोग गरी प्रदेश संरचना खारेज र ‘सनातन संवैधानिक राजसंस्था’ स्थापनाका लागि पुस ३० गते बालुवाटारमा जम्मा हुन आह्वान गरेका थिए । 

निषेधित क्षेत्रमा अनिश्चितकालका लागि उपस्थित हुन भन्दै भ्रम फैलाएको र जनतालाई आतङ्कित पारेको प्रहरीको दाबी छ ।

उनले ५० लाख व्यक्तिलाई म्यासेज पठाएको स्वीकार गरिसकेका छन् । प्रहरीले उनलाई सार्वजनिक हित विरुद्धको कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।


Facebook Comments