प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
मेयरसाप डेस्क
|
२०८२ पुष ३० गते १३:५७
काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत विगत तीन दिनदेखि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत छन् ।
ज्वरो आउने, पेट दुख्ने र अक्सिजनको मात्रा (लेबल) कम भएपछि उहाँलाई गत सोमबार अस्पताल भर्ना गरिएको हो ।
अस्पताल अनुसार, उनकोे स्वास्थ्यमा क्रमिक सुधार देखिए पनि चिकित्सकहरूको निगरानीमा रहनुपर्ने भएकाले अझै केही दिन अस्पतालमै बस्नुपर्नेछ ।
उनको उपचारमा सशस्त्र प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोली संलग्न रहेको छ ।
Facebook Comments