कांग्रेसमा आधिकारिकताको घम्साघम्सी, सानेपामा देउवा पक्षको पहरा
भृकुटीमण्डपमा ‘सानेपा खाली गर’को नारा
मेयरसाप डेस्क
|
२०८२ पुष ३० गते १८:१२
काठमाडौं । नेपाली कांग्रेसको विवाद उत्कर्षमा पुगेका बेला भृकुटीमण्डप र पार्टी मुख्यालय सानेपामा दुई पक्षबीच रोचक शक्ति संघर्ष देखिएको छ ।
विशेष महाधिवेशन पक्षधर कार्यकर्ताहरूले ‘सानेपा खाली गर, गगन–विश्व आउँदैछन्’ भन्दै चर्को नाराबाजी गरिरहेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाइसकेको छ ।
लगत्तै, थापा र शर्मा पक्षले पनि विशेष महाधिवेशनको निर्णयबाट अघिल्लो कार्यसमिति भंग भइसकेको र नयाँ नेतृत्व चयनको प्रक्रिया सुरु भएको जानकारी आयोगलाई गराएका छन् ।
यता, पार्टी मुख्यालय सानेपा कब्जा हुन सक्ने डरले देउवा पक्षका कार्यकर्ताहरू मंगलबार रातिदेखि नै कार्यलयमै बसिरहेका छन् । बुधबार पनि करिब डेढ सय कार्यकर्ताहरू पार्टी कार्यालयमै सुत्ने गरी सुरक्षामा बसेका छन् ।
दुवै समूहले आफू नै ‘आधिकारिक कांग्रेस’ भएको दाबी गरेपछि अब यो विवाद निर्वाचन आयोगको कानुनी प्रक्रियामा प्रवेश गरेको छ ।
Facebook Comments