रवि विरुद्धको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशाेधन, सहकारीको यथावत
मेयरसाप डेस्क
|
२०८२ पुष ३० गते १९:५९
काठमाडौँ । महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा फिर्ता लिन सम्बन्धित सरकारी वकील कार्यालयलाई स्वीकृति दिएको छ ।
लामिछानेविरुद्ध कास्की, रुपन्देही, काठमाडौँ र पर्सा जिल्ला अदालतमा सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलिरहेको छ ।
महान्यायाधिवक्ता यो निर्णयसँगै सम्बन्धित जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेविरुद्धको मुद्दा फिर्ता लिन सक्नेछन् ।
उनीमाथि सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत् रहने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ ।
मुद्दा फिर्ता लिएको नभई संशोधन मात्रै गरिएको महान्यायाधिवक्ता कार्यालयले जनाएकाे छ । महान्यायाधिवक्ता कार्यालयको यो निर्णयसँगै कास्की, रुपन्देही, काठमाडौं र पर्साको सरकारी वकिलको कार्यालय संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिनेछन् ।





Facebook Comments