वैदेशिक रोजगारीको नाममा ठगी गर्ने ५ जना पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ माघ १ गते १२:०८
Image of https://mayorsap.com/storage/photos/shares/pakrau_5.jpg

काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै २८ लाख ७० हजार रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुनिता इधिङ्गो लिम्बू, अभिशेष कराला, चेतनारायण आचार्य, रेशमलाल लामा तामाङ र निलिमा श्रेष्ठ रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ परेकाहरूले पीडितहरूलाई युएई, माल्दिभ्स, बेलायत र अमेरिका पठाइदिने आश्वासन दिएर रकम असुलेका थिए ।

उनीहरूले बेलायतका लागि १३ लाख ६० हजार र १२ लाख, अमेरिकाका लागि ९ लाख, माल्दिभ्सका लागि ३ लाख ४० हजार र युएईका लागि १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार, उजुरीका आधारमा पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहचल पठाइएको छ ।


Facebook Comments