रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चमा रिट
स्वेच्छाचारी निर्णय भएको जिकिर
मेयरसाप डेस्क
|
२०८२ माघ २ गते १२:१३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराध सम्बन्धी मुद्दा फिर्ता लिने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ ।
युवराज पौडेलले बुधबार महान्यायाधिवक्ताको कार्यालय र लामिछानेलाई विपक्षी बनाउँदै उक्त रिट पेस गरेका हुन् । महान्यायाधिवक्ता कार्यालयले पुस ३० गते मुद्दा फिर्ता लिने जुन निर्णय गरेको थियो, त्यसलाई उत्प्रेषणको आदेशमार्फत बदर गर्न रिटमा माग गरिएको छ ।
मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को प्रावधानविपरीत नयाँ प्रमाण बिना नै मुद्दा कमजोर बनाउन खोजिएको भन्दै सहकारी ठगी लगायतका मुद्दामा कानुनी प्रक्रिया नरोक्न परमादेश समेत माग गरिएको छ ।
निवेदकले लामिछानेलाई उन्मुक्ति दिने नियतले स्वेच्छाचारी ढंगले अभियोग संशोधन र मुद्दा फिर्ताको निर्णय गरिएको जिकिर गरेका छन् । सर्वोच्च अदालतले उक्त निवेदन दर्ता गर्ने वा नगर्ने भन्नेबारे अहिले अध्ययन भइरहेको जनाएको छ ।
Facebook Comments