संसद्मा युवा र इमानदार नेतृत्व पठाउनुहोस् : प्रधानमन्त्री कार्की

User Image मेयरसाप डेस्क | २०८२ माघ २ गते १४:४७
Image of https://mayorsap.com/storage/photos/shares/066a2505.jpg

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकको दिगो स्थिरता र विकासका लागि नयाँ सोच भएका युवा र इमानदार नेतृत्व संसद्मा पुग्नुपर्ने बताएकी छिन् । शुक्रबार बिहान नेपाल तामाङ घेदुङको प्रतिनिधिमण्डलसँगको भेटमा उनले पुरानो मानसिकता र शैलीले अब देश चल्न नसक्ने स्पष्ट पारिन् ।

आगामी भदौ २३ र २४ गते हुने निर्वाचनले मुलुकलाई निकास दिने उल्लेख गर्दै उनले मतदातालाई भ्रष्टाचारमुक्त समाज निर्माणका लागि चनाखो हुन र योग्य उम्मेदवार छनोट गर्न आग्रह गरिन् ।

भेटका क्रममा तामाङ घेदुङका पदाधिकारीहरूले तामाङ समुदायको जनसङ्ख्या जनगणनामा त्रुटिपूर्ण देखिएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । साथै, आगामी माघ ५ गते आयोजना हुन लागेको ’सोनाम ल्होछार’ सांस्कृतिक महोत्सवमा प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्रीलाई निमन्त्रणा समेत दिइएको छ । 

प्रधानमन्त्री कार्कीले समावेशी विकास र सामाजिक न्यायका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै निर्वाचनलाई सफल पार्न सबै तह र तप्काको सहयोगको अपेक्षा राखेकी छन् ।


Facebook Comments