पुनर्निर्माण कोषमा नागरिक लगानी कोषको ५१ लाख सहयोग
अर्थमन्त्री खनाललाई बुझाइयो सहायता चेक
मेयरसाप डेस्क
|
२०८२ माघ २ गते १५:१९
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माणका लागि नागरिक लगानी कोषले ५१ लाख रुपैयाँ सहयोग गरेको छ ।
कोषले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारद्वारा स्थापित ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’लाई उक्त रकम उपलब्ध गराएको हो ।
शुक्रबार आयोजित एक कार्यक्रममा नागरिक लगानी कोषका अध्यक्ष तुलसीप्रसाद घिमिरेले अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई ५१ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट पुगेको क्षतिको पुनरुत्थान तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले यो रकम प्रदान गरिएको हो ।
अर्थ मन्त्रालयका अनुसार, विभिन्न संघसंस्था र दाताहरूबाट सहयोग प्राप्त हुने क्रम जारी रहेसँगै पुनर्निर्माण कोषमा हालसम्म कुल १४ करोड ७ लाख रुपैयाँ जम्मा भइसकेको छ ।
Facebook Comments