आफूलाई मान्यता नदिए आन्दोलन गर्ने देउवा पक्षको चेतावनी
कांग्रेस आधिकारिकता विवाद
मेयरसाप डेस्क
|
२०८२ माघ २ गते १६:०१
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसले निर्वाचन आयोगले आफ्नो समूहलाई आधिकारिकता नदिए देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोग गलत बाटोमा लागेमा कांग्रेस चुप लागेर नबस्ने स्पष्ट पारे ।
कार्यवाहक सभापति खड्काले भने, “आयोगले हाम्रो नेतृत्वलाई मान्यता दिएन भने हामी गाउँ र वडा तहदेखि नै चारतारे झण्डा बोकेर आन्दोलनमा उत्रिनेछौँ ।”
उनले पार्टीको आधिकारिकतामाथि प्रश्न उठाएर लोकतन्त्रमाथि षड्यन्त्र भइरहेको आशंका व्यक्त गर्दै, प्रतिकूल अवस्था आएमा पार्टीको आह्वानमा आन्दोलनमा होमिन देशभरका कार्यकर्ता र शुभेच्छुक संघ–संगठनहरूलाई निर्देशन समेत दिए ।
Facebook Comments