सरकार वैधानिक छैन, आग्रहले मात्र वार्तामा आएँ : दुर्गा प्रसाईँ

User Image मेयरसाप डेस्क | २०८२ माघ २ गते १६:३१
Image of https://mayorsap.com/storage/photos/shares/photo-3-30798e02.jpg

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले प्रधानमन्त्रीको पत्रलाई सम्मान गर्न मात्र आफू वार्ताका लागि सिंहदरबार आएको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुग्नुभएका प्रसाईँले यसअघि नै आफूले सरकारसँगको वार्ता भङ्ग गरिसकेको भए पनि पुनः आग्रह आएकाले उपस्थित भएको स्पष्ट पारे ।

प्रसाईँले भने, ‘मैले वार्ता भङ्ग गरिसकेको हुँ, किनकि यो सरकारसँग कुनै वैधानिकता छैन। तर, प्रधानमन्त्रीले नै चिठी पठाएर माघ २ गते वार्तामा आइदिनुहोस् भनेपछि उहाँको सम्मानका लागि मात्र यहाँ आएको हुँ।’

सरकारको वैधानिकतामाथि प्रश्न उठाउँदै उनले आफ्नो आन्दोलनका मागहरूमा कुनै सम्झौता नहुने सङ्केत समेत गरेका छन् ।


Facebook Comments