कार्यकाल नसकिँदै राजीनामा दिनू लोकतान्त्रिक मूल्य विपरीत : विद्या भट्टराई

स्थानीय तह सुरक्षित हुँदाहुँदै किन राजीनामा?

User Image मेयरसाप डेस्क | २०८२ माघ ४ गते १२:०१
Image of https://mayorsap.com/storage/photos/shares/sikha-mantri.jpg

काठमाडौं । नेकपा एमालेकी नेतृ एवं पूर्व शिक्षामन्त्री विद्या भट्टराईले स्थानीय तहका जनप्रतिनिधिहरूले कार्यकाल पूरा नगरी राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने प्रवृत्तिको आलोचना गरेकी छन् ।

आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्व शिक्षामन्त्री भट्टराईले यस्तो कार्य लोकतान्त्रिक मूल्य, विधि र मान्यता विपरीत भएको बताएकी हुन् ।

प्रतिनिधिसभाका सदस्यहरूले पाँच वर्षका लागि शपथ लिए पनि कार्यकाल पूरा गर्न नपाएको सन्दर्भ उल्लेख गर्दै भट्टराईले स्थानीय तह भने पाँच वर्षका लागि सुरक्षित रहेको स्मरण गराइन् ।

“स्थानीय तह सुरक्षित हुँदाहुँदै आफ्नो कार्यकाल पूरा नगरी धमाधम राजीनामा दिएर प्रतिनिधिसभाको उम्मेदवारी दिनु कत्तिको न्यायोचित हो?“ उनले प्रश्न गरेकी छिन् ।

लोकतन्त्र केवल नारा मात्र नभएर व्यवहार पनि भएको तर्क गर्दै भट्टराईले भनिन्, ‘त्यो व्यवहार आफैँबाट प्रस्तुत गर्नुपर्दछ भन्ने सोच सबैले विकास गरौँ।’ 

जनप्रतिनिधिहरूले जनताले दिएको पाँच वर्षको म्यान्डेटलाई बिचैमा छोडेर पदको महत्त्वाकाङ्क्षा राख्दा लोकतन्त्रको जग कमजोर हुने उनको आशय छ ।


Facebook Comments