पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित

टी-२० विश्वकप ग्लोबल छनोट

User Image मेयरसाप डेस्क | २०८२ माघ ४ गते १२:५५
Image of https://mayorsap.com/storage/photos/shares/photo-1_16.jpg

काठमाडौं । काठमाडौंमा सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भएको छ । 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६.५ ओभरमै मात्र २ विकेट गुमाएर पूरा गर्यो ।

थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रनको अर्धशतकीय पारी खेलिन् । नेपालका लागि दुवै विकेट सीता रानामगरले लिए पनि अन्य बलर चल्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो । नेपालका लागि बिन्दु रावलले सर्वाधिक ४४ रन जोडिन भने सम्झना खड्काले २६ र रुबिना क्षेत्रीले १७ रनको योगदान दिए ।

थाइल्यान्डकी थिपात्चा पुथावङले घातक बलिङ गर्दै ४ विकेट लिइन् । नेपालले अब आफ्नो दोस्रो खेल आगामी बिहीबार नेदरल्यान्ड्ससँग खेल्नेछ ।


Facebook Comments