रोकियो बालेनको राजीनामा, रास्वपाको बैठकमा सहभागी हुँदै
उम्मेदवारी दर्ताकै दिन पद छाड्ने सङ्केत
मेयरसाप डेस्क
|
२०८२ माघ ४ गते १३:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं काठमाडौंका मेयर बालेन शाहले अन्तिम समयमा आएर आफ्नो राजीनामा ‘होल्ड’ गरेका छन् ।
झापा–५ बाट चुनाव लड्ने तयारीमा रहेका शाहले आइतबारै पदबाट राजीनामा दिने चर्चा रहे पनि राजनीतिक अनिश्चितताका कारण तत्काललाई उक्त निर्णय रोकेका हुन् ।
नेपाली कांग्रेस अदालत गएको र निर्वाचनको भविष्यबारे केही अन्योल रहेकाले उम्मेदवारी दर्ताकै समयमा पद स्वतः खारेज हुने विकल्पलाई ध्यान दिँदै उनले राजीनामा रोकेका बुझिएको छ ।
राजीनामा नदिएरै शाह आज पार्टी कार्यालय पुग्ने र केन्द्रीय समितिको बैठकमा सहभागी हुने कार्यक्रम छ ।
रास्वपाले आजै उम्मेदवारहरूको अन्तिम टुङ्गो लगाउने तयारी गरेको छ । बैठकपछि पार्टी सभापति रवि लामिछाने र शाह आजै साँझ जनकपुर प्रस्थान गर्ने कार्यतालिका रहेको छ ।
Facebook Comments