राष्ट्रिय सभाका तीन सांसदले दिए राजीनामा
मेयरसाप डेस्क
|
२०८२ माघ ४ गते १३:५९
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न राष्ट्रिय सभाका तीन जना प्रभावशाली सांसदले पदबाट राजीनामा दिएका छन् ।
नेकपाका नारायणकाजी श्रेष्ठ, राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतम र नेकपा एमालेकी भगवती न्यौपानेले आइतबार आ–आफ्नो पद त्याग गरेका हुन् ।
उनीहरूले सिंहदरबारस्थित राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई भेटेर राजीनामा बुझाएका हुन् । राजीनामा दिने तीनै जना सांसदको कार्यकाल आगामी फागुन २० गते सकिँदै थियो ।
कार्यकाल सकिनु ठिक १५ दिनअघि उनीहरूले प्रतिनिधिसभाको चुनावी दौडमा सहभागी हुन राजीनामा दिएका हुन् ।
को कहाँबाट लड्दै छन्?
नारायणकाजी श्रेष्ठः नेपाल कम्युनिष्ट पार्टीबाट सर्लाही–३ मा...
वामदेव गौतमः नेपाल कम्युनिष्ट पार्टीकै तर्फबाट बर्दियाबाट...
भगवती न्यौपानेः नेकपा एमालेबाट तनहुँ–१ मा...
Facebook Comments