सिम्रौनगढ नगरपालिकाका कर्मचारी आन्दोलित, सेवा–प्रवाह ठप्प

उपप्रमुखमाथि हाकिम कुटेको आरोप

User Image मेयरसाप डेस्क | २०८२ माघ ४ गते १४:१६
Image of https://mayorsap.com/storage/photos/shares/photo_67.jpg

बारा । सिम्रौनगढ नगरपालिकाका उपप्रमुख नजमु शेहरले प्रमुख प्रशासकीय अधिकृत बीरबहादुर साह लहेरामाथि दुव्र्यवहार र हातपात गरेको भन्दै कर्मचारीहरू आन्दोलित भएका छन् ।

घटनाको विरोधमा पुस २९ गतेदेखि नगरपालिका र ११ वटै वडाका स्वास्थ्य र शिक्षा बाहेकका सबै सेवा ठप्प पारिएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत लहेराका अनुसार विशेष नगरसभा बोलाउने विषयमा पत्र लेख्दा उपप्रमुखले आफ्नै कार्यकक्षमा बोलाएर गालीगलौज र हातपात गरिएको हो । 

यता, उपप्रमुख शेहरले भने आफूमाथि हातपातको आरोप गलत भएको दाबी गर्दै अदालतको आदेशअनुसार काम गर्न दबाब मात्र दिएको बताए । १०औँ नगरसभालाई लिएर नगरप्रमुख र उपप्रमुखबीचको विवादका कारण सिम्रौनगढ लामो समयदेखि तनाबपूर्ण रहँदै आएको छ ।

कर्मचारी संघर्ष समितिका संयोजक सुरेशप्रसाद यादवले जनप्रतिनिधिबाट पटक–पटक दुव्र्यवहार हुने गरेको भन्दै दोषीलाई कारबाही र सुरक्षाको ग्यारेन्टी नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए ।

कर्मचारीहरूले स्थानीय प्रहरी प्रशासनलाई समेत घटनाको छानबिन गरी न्याय दिन माग गरेका छन् ।


Facebook Comments