निर्वाचन केन्द्रित छलफल गर्न प्रधानमन्त्रीले बोलाइन् बैठक
मेयरसाप डेस्क
|
२०८२ माघ ४ गते १५:१५
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचन र निर्वाचन आचारसंहितालगायतका विषयमा छलफल गर्न मन्त्रीहरूको बैठक आह्वान गरेकी छिन् ।
बालुवाटारमा आइतबार अपराह्न ४ बजे बस्ने बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न चाल्नुपर्ने कदमबारे विचार–विमर्श हुनेछ ।
निर्वाचन कार्यतालिका अनुसार आगामी मंगलबार प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
यद्यपि, राजनीतिक दलहरूले आन्तरिक व्यवस्थापन र उम्मेदवार छनोटमा प्राविधिक समस्या परेको भन्दै उम्मेदवारी दर्ताको मिति केही दिन सार्न निर्वाचन आयोगलाई आग्रह गरिरहेका छन् ।
दलहरूको सोही माग र आचारसंहिता कार्यान्वयनको चुनौतीबीच प्रधानमन्त्रीले कार्कीले मन्त्रीहरूसँग छलफल थालेकी हुन् ।
Facebook Comments