बालेन शाहले दिए मेयर पदबाट राजीनामा
भावी प्रधानमन्त्रीको दौडमा
मेयरसाप डेस्क
|
२०८२ माघ ४ गते १५:४०
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो पदबाट राजीनामा दिएका छन् । शाहले आइतबार दिउँसो उपमेयर सुनिता डंगोलसमक्ष राजीनामा बुझाएका हुन् ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीका लागि उनले आजैदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । मेयर पद त्याग गरेलगत्तै शाह राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय जाने कार्यक्रम छ ।
रास्वपाले उनलाई पार्टीको वरिष्ठ नेता मनोनयन गरिसकेको छ, भने आगामी निर्वाचनमा पार्टीको तर्फबाट भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ ।

Facebook Comments