सुनिता डंगोल बनिन् काठमाडौंको कार्यवाहक मेयर

राजीनामा दिएर बालेन घण्टीघरतर्फ

User Image मेयरसाप डेस्क | २०८२ माघ ४ गते १५:५८
Image of https://mayorsap.com/storage/photos/shares/sunitadangol-komrtpetho.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी पाएकी छिन् ।

मेयर बालेन शाहले आइतबार पदबाट राजीनामा दिएसँगै स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को व्यवस्थाअनुसार डंगोलले स्वतः कार्यवाहकको जिम्मेवारी पाएकी हुन् ।

मेयर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालय जानुअघि पदबाट राजीनामा बुझाए । केही समयको अन्योल र ढिलाइपछि राजीनामा प्रक्रिया टुङ्ग्याएर उनी अहिले पार्टी कार्यालय घण्टीघरतर्फ गएका छन् ।

रास्वपाको वरिष्ठ नेताका रूपमा उनले झापा–५ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारी गरेका छन् । यता, बालेनको स्वागतका लागि रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भिड लागेको छ ।


Facebook Comments