श्रीमतीको ह*त्या गरेको आरोपमा ७४ वर्षीय वृद्ध पक्राउ

User Image मेयरसाप डेस्क | २०८२ माघ ४ गते १६:१२
Image of https://mayorsap.com/storage/photos/shares/hatya_4.jpg

रुकुम पश्चिम । सामान्य घरायसी विवादमा श्रीमतीको हत्या गरेको आरोपमा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ का ७४ वर्षीय गणेशबहादुर कामी पक्राउ परेका छन् । ६५ वर्षीया श्रीमती पम्फा कामीको टाउकोमा सनासो प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार शुक्रबार दिउँसो मदिरा सेवन गरेका गणेशले पम्फाको टाउको र हातमा सनासोले प्रहार गरी घाइते तुल्याएका थिए । घाइते पम्फालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्याइएको थियो । 

असपतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बाँके लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता हरि पुनले जानकारी दिए । प्रहरी निरीक्षक पुनका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ । अभियुक्त श्रीमान् प्रहरी हिरासतमा छन् ।


Facebook Comments