धरानका मेयर हर्क साम्पाङले दिए राजीनामा
मेयरसाप डेस्क
|
२०८२ माघ ४ गते १९:०६
धरान । धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले पदबाट राजीनामा दिएका छन् ।
सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका साम्पाङले आइतबारको कार्यपालिका बैठकमा उपप्रमुख अइन्द्रबिक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।
श्रम संस्कृति पार्टी खाेलेका हर्क पछिल्लाे समय संघीय राजनीतिमा फड्काे मार्ने दाउमा छन् । उनी अहिले श्रम संस्कृति पार्टीकाे अध्यक्ष छन् ।
आइतबार नै पालिकाको बैठकमा धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले पनि राजीनामा दिएका छन् । उनलाई नेकपाले सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।
Facebook Comments