बान्नीगढी जयगढ गाउँपालिकामा ‘मर्यादित महिनावारी गाउँ अभियान’ सञ्चालन
महिनावारीका समयमा महिलामाथि हुने विभेद न्युनिकरण गर्ने उद्देश्य
मेयरसाप डेस्क
|
२०८२ माघ ५ गते १७:४३
अछाम। अछामको बान्नीगढी जयगढ गाउँपालिकामा ‘मर्यादित महिनावारी गाउँ अभियान’ परियोजना सुरु गरिएको छ। महिनावारीका समयमा हुने विभेद न्युनिकरण गर्ने उद्देश्यले गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ मा परियोजना सञ्चालन गर्न लागिएको हो ।
एम्प्लीफाइ चेन्जको आर्थिक सहयोग तथा राइज अप फाउण्डेसन नेपालमार्फत सञ्चालन गर्न लागिएको परियोजनाको सोमबार एक औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष टेकबहादुर साउँदले बान्नीगढी गाउँपालिकालाई परियोजना कार्यान्वयनका लागि छनोट गरिएकोमा धन्यवाद व्यक्त गरे । उनले परियोजना सफल कार्यान्वयनका लागि गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए। महिनावारीसँग जोडिएका विभेद र गलत अभ्यासका कारण सुदूरपश्चिम प्रदेश तथा अछाम जिल्ला बदनाम हुँदै आएकोप्रति दुःख व्यक्त गर्दै उनले यो परियोजनाले महिनावारी विभेद अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
Facebook Comments