पाल्पा–२ मा एमालेबाट ठाकुर गैरेले पाए टिकट

User Image मेयरसाप डेस्क | २०८२ माघ ६ गते ०९:२८
Image of https://mayorsap.com/storage/photos/shares/thakur-gaire.jpg

पाल्पा । नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा ठाकुर गैरेलाई नै प्रतिनिधि सभा सदस्य निर्वाचनको टिकट दिएको छ । गैरेको टिकट फाइनल भएको एमाले पाल्पा अध्यक्ष ओम बहादुर घर्तीले जानकारी दिए ।  यसअघि गत शनिबार बेलुका पाल्पा २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल उम्मेद्वार बन्ने निर्णय भएको थियो ।

आइतबार रूपन्देही २ बाटै पौडेललाई उम्मेदवार बनाउने निर्णय भएपछि पाल्पा २ मा राम बहादुर राउतले टिकट पाएका थिए ।अन्तिम समयमा आएर गैरेले टिकट पाएका हुन् । 


Facebook Comments