देशभर १६५ निर्वाचन क्षेत्रमा ३४८४ जनाले दिए उम्मेदवार

User Image मेयरसाप डेस्क | २०८२ माघ ७ गते ०८:०९
Image of https://mayorsap.com/storage/photos/shares/38bd8fdc-910d-4078-9cac-e3ffe8202a6d.jfif

७ माघ, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्रमा ३ हजार ४८४ जनाको उम्मेदवारी परेको छ । ६८ राजनीतिक दलका तर्फबाट २ हजार २९७ र स्वतन्त्र रूपमा १ हजार १८७ जनाले मनोनयन दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ ।

अघिल्ला दुई निर्वाचनको तुलनामा यस पटक बढी उम्मेदवारी परेको हो । कुल उम्मेदवारमध्ये पुरुष ३ हजार ८८, महिला ३९५ र अन्य समूहका एक महिला रहेको आयोगले जनाएको छ ।   

कांग्रेस र एमालेले सबै १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । नेकपाले १६४, रास्वपाले १६३, राप्रपाले १६३, नेमकिपाले १२१, श्रम संस्कृति पार्टीले १०९, उज्यालो नेपाल पार्टी १०८, आम जनता पार्टी १०२, जसपा नेपालले ९५, प्रगतिशील लोकतान्त्रिक पार्टी ९२ र जनमतले ६१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । सबैभन्दा बढी धनुषा–३ मा ४५ जनाको उम्मेदवारी परेको छ  भने सबैभन्दा कम मनाङमा ५ जनाले उम्मेदवारी दिएका छन् ।     


Facebook Comments